सुमो दुर्घटना हुँदा कम्तीमा दुई जनाको मृत्यु

मकवानपुर, १८ असोज । हेटौंडा–कुलेखानी–फर्पिङ सडक मार्गको जुरीखेतमा यात्रुबाहक जीप सुमो दुर्घटना हुँदा कम्तीमा २ जनाको मृत्यु भएको छ ।

आज हेटौंडाबाट काठमाडौंका लागि ७ जना यात्रु लिएर गएको ना. १ ज ४१०६ नम्बरको भीरबाट करीब १ सय मिटर तल खोल्सामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाईते भएकामध्ये उद्धार गरी ४ जनालाई हेटौंडा र १ जना बालकको भीमफेदी स्वास्थ्य चौकीमा उपचारका लागि पठाईएको प्रहरीले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । आज दिउँसो सवा एक बजे बैठक सुरु हुनेछ ।

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा