काठमाडौँ, १८ असोज । आज बस्ने भनेको नेकपा सचिवालय बैठक स्थगित भएको छ ।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार, सचिवालय र सुरक्षा टोलीका सदस्यसहित ७० जनाभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको कारण बैठक स्थगित भएको हो ।
कोरोना भाइरस संक्रमणकै कारण प्रधानमन्त्री ओलीले अत्यावश्यक बाहेकका भेटघाट स्थगित गरेका छन् ।
आजको सचिवालय बैठकमा सांगठनिक एकताको विषय र राजनीतिक नियुक्तिका विषयमा छलफल हुने बताइएको थियो । अर्को बैठकको मिति तोकिएको छैन ।