डरलाग्दो बलात्कार शृंखला: राक्षस बने छिमेकी दाइ !

काठमाडौँ, १८ असोज । साथीसँग खेलिरहेकी पाँच वर्षीया बालिकालाई छिमेकी एक किशोरले बोलाए । चिनजानकै दाइले माया गरेर बोलाएपछि ती बालिका चकलेट पाइने आशा राखेर गइन् । तर उनलाई के थाहा १७ वर्षीय छिमेकी दाइले आफूलाई बलात्कार गर्लान् भन्ने । तिनै छिमेकी दाइ उनका लागि राक्षस बने । आमा खेतमा गएका बेला अबोध बालिका आफ्नै घरमा बलात्कृत भइन् ।

यो घटना साउन ४ गते दिउँसो सिरहा नगरपालिका–१९ सन्हैठाको सोहर्वा टोलमा भएको हो । खेतबाट आएकी आमा घरभित्रै छोरीलाई रक्ताम्य देखेपछि आत्तिइन् । छोरी पीडाले सहन नसकेर छटपटाइरहेकी थिइन् । उनी हतारहतार छोरीलाई लिएर जिल्ला अस्पताल सिरहा पुगिन् । त्यहाँ डाक्टर नभेटेपछि उनी लहान अस्पताल गइन्। प्रारम्भिक उपचारकै क्रममा इलाका प्रहरी कार्यालय लहानका प्रहरीसमक्ष पीडित बालिकाले घटनाको बयान गरिन् ।

विगत तीन आर्थिक वर्षको तथ्यांक केलाउँदा प्रदेश २ का आठ जिल्लामा बलात्कृतमध्ये करिब ६० प्रतिशत २५ वर्ष उमेरमुनिका छन् । त्यसमा पनि ११ देखि १५ वर्ष उमेरका धेरै छन् । बलात्कृत हुनेमा आर्थिक अवस्था कमजोर भएका, निमुखा र दलित समुदायका बढी छन् ।

असोज २ गते कर्जन्हा नगरपालिका–३ मा १९ वर्षीया युवती चिनजानकै पुरुषबाट बलात्कृत भइन् । रातमा सबै सुतिरहेको मौकामा घरमा पसेर छिमेककै २५ वर्षीय युवकले बलात्कार गरे । किशोरी चिच्याउन थालेपछि मुखमा कपडा कोचेर राक्षसी व्यवहार गरियो । आरोपित फरार छन् ।

भदौ १ गते धनुषाधाम–९ सय बिघास्थित दिदीको घरमा बिहे भोज खाएर सबैला नगरपालिका–१२ रघुनाथपुरस्थित घर फर्किरहेकी किशोरीलाई सामूहिक बलात्कार गरियो । आठजना युवकले आफूलाई बन्धक बनाएको र त्यसमध्ये चारजनाले बलात्कार गरेको बयान किशोरीले प्रहरीमा दिएकी छन् ।

यस्तै असोज १३ गते राति करिब ८ बजे महोत्तरीको भंगहा नगरपालिका–९ बस्ने ३५ वर्षीया महिला वडासचिवबाटै बलात्कृत भइन् । हटियाबाट घर फर्किरहेकी ती महिला मुसहरी टोलकै सडकमा बलात्कृत भएकी थिइन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ माघ । मन्त्रिपरिषद् बैठकले गरेको २६ वटा महत्वपूर्ण निर्णयहरु सावर्जनिक भएको छ । आज सञ्चार तथा सूचना मन्त्री पार्वत

काठमाडौँ, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेपाली जनताले विश्वास गर्ने धार्मिक मठमन्दिरमा पाठपूजा गर्न जाने बताएका छन

काठमाडौँ, १४ माघ । नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा ‘पार्टी एकता राष्ट्रिय अभियान’को घोषणा गरेका छन ।  आज पत्रकार सम्मेलन गर्दै

काठमाडौँ, १४ माघ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट सुरु भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल