काठमाडौँ, १७ असोज । प्रधानमन्त्री केपी ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकिय सचिव इन्द्र भण्डारी, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईलाई कोरोना पोजेटिभ भएको पुष्टि भएको छ ।
शुक्रबार गरिएको परिक्षणमा आज आएको रिपोर्टमा कोरोना पुष्टि भएको उहाँले आफ्नो सामाजिक सञ्जाल मार्फता जनकारी दिनुभएको छ । उहाँको हालको स्वास्थ्य अवस्था समान्य रहेको बताइएको छ । त्यस्तै उहाँले आफुसँग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभवहरुलाई सर्तक हुन आग्रह समेत गर्नुभएको छ ।
उहाँहरु चारै जनाले भन्नुभएको छ, ‘हिजोको PCR परीक्षणले ममा कोरोना-पोजिटिभ देखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।’