काठमाडौँ, १७ असोज । थप २१ सय २० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ८४ हजार ५ सय ७० जना पुगेको छ ।
हेर्नुहोस आज कहाँ कति थपिए कोरोना संक्रमित:



मन्त्रालयका अनुसार आज २ हजार ४४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६२ हजार ७ सय ४० जना रहेको छ । आज ८ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ५ सय २८ जना पुगेको छ ।