काठमाडौँ, १७ असोज । थप २१ सय २० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ८४ हजार ५ सय ७० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १२ हजार ९ सय ७८ जनामा नमुना परीक्षण गर्दा २१ सय २० जनामा कोरोना संक्रमित पुष्टि भएको हो । त्यस्तै नेपालमा सक्रिय संक्रमितको संख्या २१ हजार ३ सय २ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज २ हजार ४४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६२ हजार ७ सय ४० जना रहेको छ । आज ८ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ५ सय २८ जना पुगेको छ ।