त्रिशुलीमा ट्रक खस्दा ३ जना घाइते

चितवन, १७ असोज । त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

भैरहवाबाट काठमाडौं जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानी भन्ने स्थानबाट त्रिशुली नदीमा खसेको हो । सो ट्रक आज बिहान करिब ५ बजे सडकबाट झण्डै ८० फिट तल खसेको छ । ट्रकको आधा भाग पानीमा डुबेको छ ।

दुर्घटनामा परी घाइते हुनेमा ट्रक चालक गल्छी–७ धादिङ्ग बस्ने २८ वर्षीय रोहित तामाङ, ट्रकमा सवार सोही ठाउँ बस्ने १९ वर्षीय रामकुमार लालचन र २३ वर्षीय राजन भन्ने अर्जुन रुम्बा रहेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिन र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको टोलीले घाइतेहरुको उद्धार गरी उपचारको लागि धादिङको गजुरी अस्पताल पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । निर्माता छविराज ओझाले अब नयाँ चलचित्र बनाउने तयारी गरेका छन् । आफैले निर्माण गरेको चलचित्र ‘कसले चोर्यो

काठमाडौँ, १४ कार्तिक । गायिका दिपा तामाङको ‘फेसबुकमा फोटो छ’ बोलको गीत रिलीज भएको छ । सार्वजनिक गीतमा गायिका तामाङ

काठमाडौँ, १२  कार्तिक । नायिका सुहाना थापाले यस बर्षको दशैं आफ्ना पिता सुनिलकुमार थापा र आमा झरना थापाको साथमा मनाएकी छिन्

मुम्बई, १२ कार्तिक । बलिउड लागुऔषध मुद्दामा नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले अभिनेत्री दीपिका पदुकोणकी म्यानेजर करिश्माप्रकाश झालाई बयानका लागि