पोखरा, १७ असोज । गण्डकी प्रदेशमा १७ जना कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
थपिनेमा कास्कीका १०, गोरखाका पाँच र तनहुँका दुई जना रहेका छन् । सङ्क्रमितमध्ये प्रदेशमा हालसम्म दुई हजार ८३१ जना निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १३९ जना पुगेको निर्देशनालयले जनाएको छ ।