काठमाडौँ, १६ असोज । प्रधानमन्त्री केपी ओलीले त्रिभुवन विश्वविद्यालय अक्स्फोर्ड र क्याम्ब्रिज जस्तै भएको बताउनुभएको छ ।
विद्युतीय माध्यामको प्रयोगबाट आयोजना गरिएको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति ओलीले त्रिभुवन विश्वविद्यालय ख्यातीप्राप्त नालान्दा, अक्सफोड र क्याम्ब्रिज विश्वविद्यालय सरह रहेको बताउनुभएको हो । विश्वविद्यालयले देशको मौलिक ज्ञान, चेतना, सहिष्णुता र सभ्यतालाई थप उजागर गर्दै लैजानुपर्ने उहाँले बताउनुभयो ।
विश्वविद्यालय सभाको बैठक आर्थिक वर्ष २०७७/०७८ का नीति कार्यक्रम तथा बजेट परित गर्दै सम्पन्न भएको छ । आर्थिक वर्ष २०७७/०७८ का लागी २१ अर्ब ८६ करोड ४५ लाख २२ हजारको बजेट पारितसँगै त्रिभुवन विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउने, अनुसन्धानमुलक प्राज्ञिक गतिविधीलाई बढावा दिने, परीक्षा र नजिता समयमै सम्पन्न गर्ने, आर्थिक मितव्यीता अपनाई विश्वविद्यालयमा सुशासन गरी प्रतिस्पर्धी बनाउने निर्णय गरेको छ ।