बलात्कारविरुद्ध शान्तिपूर्ण अभियान घोषणा

काठमाडौँ, १६ असोज । बलात्कार मानवताविरुद्ध अपराध भएकाले दोषीलाई उन्मुक्ति नदिन, संलग्नलाई मिलापत्र गरेर उन्मुक्ति दिने जनप्रतिनिधि, प्रहरी, प्रशासक, अगुवालाई समेत दण्डित गर्न दबाबसहित शान्तिपूर्ण अभियान प्रारम्भ भएको छ ।

बलात्कार मानवताविरुद्ध अपराध भएकाले दोषीलाई उन्मुक्ति नदिन, संलग्नलाई मिलापत्र गरेर उन्मुक्ति दिने जनप्रतिनिधि, प्रहरी, प्रशासक, अगुवालाई समेत दण्डित गर्न दबाबसहित शान्तिपूर्ण अभियान प्रारम्भ भएको छ । कार्यक्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडीले बालिका बलात्कार मानवताविरुद्धको अपराध भएकाले सभ्यता कलङ्कित हुँदै जान नदिन मृत्युदण्डबाहेक सभ्य समाजले स्वीकार गर्ने प्रभावकारी कदम चाल्न आह्वान गरे ।

“कानूनी शासन, स्वच्छ एवं निष्पक्ष कानूनी उपचार र सबैको मानवअधिकारको संरक्षण तथा सम्मान हुनुपर्छ, मृत्युदण्ड त्रासदी हो, ३२ वर्ष अघिदेखि राज्यले गर्ने हिंसारुपी मृत्युदण्ड उन्मूलनका लागि हामीले अभियान चलाएका छौँ”, उहाँले भने । कार्यक्रममा समाजका वरिष्ठ उपसभापति गोविन्द खनाल, महासचिव सुशील बस्नेत, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव मदनबहादुर कुँवर, कोषाध्यक्ष रामकृष्ण बराललगायतले बलात्कारविरुद्ध अभियानलाई देशव्यापीरुपमा अघि बढाइने बताए ।

अन्तरक्रियामा बझाङ जिल्लाका प्रशासन एवं सुरक्षा निकायका अधिकारीको समेत सहभागिता थियो । भारतीय स्वतन्त्रता आन्दोलनका अग्रणी महात्मा गान्धीलाई अहिंसात्मक आन्दोलन र सामाजिक परिवर्तनका लागि उत्प्रेरक मानिन्छ ।

अक्टोबर २ महात्मा गान्धीको जन्मजयन्ती पनि हो । गान्धी जयन्तीको अवसर पारेर संयुक्त राष्ट्र सङ्घले यस दिनलाई अहिंसा दिवसको घोषणा गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पर्सा, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपालमा परिवर्तनको लामो आन्दोलनपछि एक

काठमाडौँ, ५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतका लागि नेपालको आवासीय राजदूतमा लोकदर्शन रेग्मीलाई नियुक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले

काठमाडौँ, ५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले सम्मानीत

काठमाडौँ, ५ माघ । प्रदेश १ का प्रचण्ड–नेपाल समूह झापाका थप तीन सांसद मुख्यमन्त्री शेरधन राईको पक्षमा उभिने भएका छन् ।