दशैंतिहार अघि नै सार्वजनिक यातायात सञ्चालनमा सहजता ल्याउँछौंः मन्त्री नेम्बाङ्ग

काठमाडौँ, १६ असोज । भौतिक पूर्वाधार तथा यातायात एवम शहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङ्गले दशैतिहारसम्म सार्वजनिक यातायात सहज हुने बताउनु भएको छ ।

शुक्रबार संघीय संसद अन्तर्गत विकास तथा प्रविधि समितिले आयोजना गरेको छलफलमा सासदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री नेम्बाङ्गले विश्वव्यापी कोरोना महामारी र भारी बर्षाका कारण विभिन्न राजमार्ग तथा पुलहरुमा क्षति पुग्दा सार्वजनिक यातायात सञ्चालनमा कठिनाई भएपनि नेपालीहरुको ठूला चाडपर्व दशैंतिहार अगावै सहज भइसक्ने उल्लेख गर्नु भएको हो ।

उहाँले प्राकृतिक विपतलाई रोक्न नसकिए पनि त्यसको व्यवस्थापनमा मन्त्रालय तदारुकताका साथ लागेको उल्लेख गर्नु भयो । उहाँले भन्नु भयो ‘भारी बर्षाका कारण बाटोमा क्षति पुगेको छ । राजमार्गहरु निर्वाध रुपमा सञ्चालन गर्नका लागि मन्त्रालयले चौविसै घण्टा काम गर्ने योजना बनाएको छ । २ सय ५० भन्दा बढी स्थानमा निर्माण उपकरण राखेर बाटो सोहोर्ने, पहिरो पन्छाउने काम भइरहेको छ ।’

मन्त्री नेम्बाङ्गले बढ्दो कोरोना संक्रमणबीच अस्तव्यस्त अर्थतन्त्रलाई चलायमान गर्न स्वास्थ्य मापदण्ड पालना गर्दै लामो, मध्यम र छोटो दुरीको सवारी साधन खुल्ला गरिएको प्रष्ट पार्नुभयो । सरकारले कडाईका साथ निर्णय गरेर मात्र नहुने उल्लेख गर्दै उहाँले सेवाग्राही, व्यवसायी सरोकारवाला सबै अनुशासित भएर लाग्नु पर्ने उल्लेख गर्नुभयो ।

उहाँले हवाई उडान पूर्ण सीट क्षमतामा सञ्चालन भएको र सरोकारवालाहरुबाट गुनासो समेत आएकाले सार्वजनिक यातायात सञ्चालन मापदण्ड संशोधनका लागि कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सिसिएमसी० मा प्रस्ताव पेश गरिएको समेत उल्लेख गर्नु भयो । उहाँले मापदण्ड संशोधन भएर आएपछि भने स्वास्थ्य मापदण्ड अपनाउँदै सार्वजनिक यातायात सामान्य अवस्थामै सञ्चालन हुने बताउनुभयो ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालायका सचिव देवेन्द्र कार्कीले भारी बर्षाका बाबजुद पनि देशभरको सडकको अवस्था राम्रो रहेको बताउनु भयो । उहाँले भन्नुभयो ‘हाम्रो मातहत रहेका सडकहरुको अवस्था राम्रै छ । ग्रामिण सडकहरुका अवस्था अलि नाजुक छ । ग्रामिण सडकहरुको मर्मत सम्भार स्थानीय तह तथा प्रदेश सरकारको जिम्मामा भएपनि हामीले समेत गरिरहेका छौ ।’

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले प्राकृतिक प्रकोपका कारण अवरुद्ध सडक रातभरी काम गरेर भएपनि सुचारु गरिएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले चाडपर्वका अवसरमा वर्षेनी गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नहुने भएको छ

काठमाडौँ, ११ कार्तिक । भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभाने तीन दिने नेपाल भ्रमणका लागि नोभेम्बर ४ तारिखमा नेपाल

गुल्मी, ११ कार्तिक । गुल्मीको रेसुङ्गा नगरपालिकामा जुवाको खालबाट प्रहरीले वडाध्यक्ष सहित ११ जनालाई पक्राउ गरेको छ । नगरपालिका वडा

काठमाडौँ, ११ कार्तिक । हास्य कलाकार मनोज गजुरेलमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनले सोमबार सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण