गण्डकी प्रदेशका ८५ प्रतिशत गाउँमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

पोखरा, १६ असोज । नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ प्रतिशत स्थानीय तहमा मोवाइल र इन्टरनेट सेवा (फोरजी) बिस्तार गरेको छ ।

सेवा बिस्तारको क्रममा टेलिकमले आज गोरखाको माथिल्लो भेगको बारपाक–सुलिकोट गाउँपालिकाको क्षेत्रमा सेवा बिस्तार गरेको हो । मोवाइल सेवा नै नपुगेको ठाउँमा टेलिकमले उच्चगतिको इन्टरनेट सुविधासहितको सेवा बिस्तार गरेपछि स्थानीयवासी निकै खुसी भएका छन । गोरखाको बारपाक–सुलिकोट गाउँपालिका–३ स्थित रातमाटेमा बिटिएस राखेर आसपासका गाउँमा सेवा दिनेगरी चौथो पुस्ताको फोरजी सेवा बिस्तार गरेको टेलिकम पोखरा कार्यालयका प्रमुख नरेन्द्रमान सिंह महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार यो सेवाले अब उपल्लो भेगमा सञ्चार पहुँचमा सहज हुनेछ । ‘सबै ठाउँमा सहज इन्टनरेट र फोन सेवा उपलब्ध गराउने प्रयासमा लागिरहँदा यो सेवा बिस्तार गरिएको हो,’ महर्जनले भन्नुभयो ।

महर्जनका अनुसार गण्डकी प्रदेशका करिब ८५ प्रतिशत स्थानीय तहमा फोरजी सेवा बिस्तार भईसकेको छ । अब गोरखा, मनाङलगायतका जिल्लाको उपल्लो भेगमा मात्र यो सेवा पुग्न बाँकी रहेका उहाँको भनाई छ । महर्जनका अनुसार आगामी मंसिरसम्म गण्डकीका सबै स्थानीय तहमा फोरजी सेवा बिस्तार हुनेछ । आज सेवा पुगेको गोरखाको यी गाउँ र आसपासका क्षेत्रमा यसअघि कुनैपनि कम्पनीको मोवाइल सेवा थिएन । सो गाउँमा नेपाल टेलिकम नै पहिलो भएको छ ।

जिल्ला सदरमुकामबाट करिब ४५ किलोमिटर टाढाको यस गाउँमा फोरजीसँगै गाउँलेलाई निशुल्क सिमकार्ड पनि वितरण गरिएको टेलिकम पोखराका बिक्री प्रमुख दिनेशमणि लामिछानेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, १० माघ । दाङमा घरभित्रै एक व्यक्तिको विभत्स हत्या भएको छ । प्रहरीका अनुसार राप्ती गाउँपालिका वडा नं. ६

जनकपुरधाम, १० माघ । सर्लाही र धनुषाबाट हतियारसहित दुईजना पक्राउ परेका छन् । सर्लाहीको गोडैता नगरपालिका ८ बस्ने ५० वर्षीय

नवलपरासी, १० माघ । नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । कावासोती नगरपालिका–८, स्थित भित्री सडकखण्डमा गए

काठमाडौँ, १० माघ । कार्यालय समयमा सवारी साधनको अत्यधिक चाप हुने भएकोले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले तनहुँमा ‘कार्यालय समय’ लागू गरिएको