जगाती यातायात कार्यालयमा गुर्जो वितरण

काठमाडौँ, १६ असोज । मानव जीवनमा रोगसँग लड्ने क्षमताको विकास गराउने महत्वपूर्ण आयुवेर्दिक औषधिको रुपमा रहेको गुर्जो भक्तपुरस्थित यातायात कार्यालयलाई वितरण गरिएको छ ।

विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइसर (कोभिड–१९) संक्रमणको रोकथाम गर्न तथा रोगसँग लड्ने क्षमता बढाउने महत्वपूर्ण औषधिको रुपमा रहेको गुर्जो वितरणलाई भक्तपुरमा व्यापक बनाइएको छ । भक्तपुरमा विभिन्न व्यक्ति तथा संस्थाहरुको सहयोगमा गुर्जो वितरण गर्ने गरिएको छ ।

यसै क्रममा केही दिन अघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा काभ्रेका नेता तथ समाजसेवी मुक्ती विष्टद्वारा सवारी चालक अनुमती पत्र जगाती कार्यालयका कर्मचारी तथा सेवाग्राहीलाई गुर्जो वितरण गर्नुभएको शसी शंकर महर्जनले जानकारी दिनुभयो ।

विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई रोकथाम, नियन्त्रण तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने मात्र नभई विभिन्न रोगहरुको आयुवेर्दीक औषधीको रुपमा रहेको गुर्जो विरुवा वितरण गरिएको छ ।

गुर्जोले विभिन्न प्रकारका रोगहरुसँग लड्ने क्षमतालाई बढाउने, रुघा, खोकी, ग्यास्टिक, मानसिक समस्यालाई कम गर्ने, पाचन शक्ति बढाउने, बाथ, पेट सम्बन्धी समस्या समाधान गर्ने, स्वास प्रश्वासको समस्या समाधान गर्ने, आँखाको विकास र कमजोरी हटाउने, छाला सम्बन्धी समस्या हटाउने, चाँया पोतो हटाउनेलगायत महत्वपूर्ण आयुवेर्दिक औषधीको रुपमा लिन सकिन्छ ।

गुर्जो पाँच वर्षभन्दा कम उमेरका बालबालिका, गर्भवती महिलाले प्रयोग गर्नु नहुने साथै व्लड प्रेसर कम भएकाले विरे नुनको प्रयोग गरी मात्र खानकालागि समेत सचेत गराईएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ बैशाख । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल

काठमाडौँ, ७ बैशाख । आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल ।  मेष : प्रतिस्पर्धामा विजयी बन्ने योग छ। मन खुशी

काठमाडौँ, ६ बैशाख । नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित

काठमाडौँ, ६ बैशाख । सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ