काठमाडौँ, १६ असोज । थप २७ सय २२ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ८२ हजार ४ सय ५० जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १६३८ जना कोरोना भाइरस पुष्टि भएको छ ।
हेर्नुहोस आज कहाँ कति थपिए कोरोना संक्रमित:



मन्त्रालयका अनुसार आज ३ हजार ३ सय ७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ६० हजार ६ सय ९६ जना रहेको छ । आज ११ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ५ सय २० जना पुगेको छ ।