दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रदेश ५ सरकारको निर्णय

बुटवल, १६ असोज । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दाङमा राजधानी राख्ने सहमति जुटेको हो ।

प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो ।

त्यसअनुसार प्रदेशसभामा प्रस्ताव दर्ता हुने एक मन्त्रीले जानकारी दिए । राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दाङ, ४ कार्तिक । प्युठानको माण्डवी गाउँपालिका–२ गोलबाङमा यात्रु बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने तीन जना गम्भीर

काठमाडौँ, ४ कार्तिक । दाङ्, सुनसरी र रुपन्देहीमा गरी थप चारजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । दाङ देउखुरी घर भएका ४३

भक्तपुर, ४ कार्तिक । महानगरीय प्रहरी वृत्त ठिमीले सन्चालन गरेको ‘अपरेसन रिचार्ज कार्ड’ अभियानबाट चोरीका चार मोटरसाइकलसहित एकै दिन ३

काठमाडौँ, ४ कार्तिक । आज देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।