महेन्द्रनगर, १६ असोज । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ शान्तिपुरमा शुक्रबार धान झार्ने क्रममा बेरिएर एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धान थ्रेसर गर्ने क्रममा कृष्णपुर नगरपालिका–७ का ४५ वर्षीया लक्ष्मी साउदको घटनास्थलमै मृत्यु भएको हो ।
उक्त घटनास्थलमा मुचुल्का गरिरहेको र त्यसपछि शव परीक्षणका लागि अस्पताल लगिने प्रहरीले जनाएको छ ।