लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ

बनियानी, १६ असोज । दक्षिणी झापाको सीमावर्ती गाउँपालिका कचनकवल–१ बाट लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहार किशनगञ्ज सुखानाडिगी पदमपुरका ३२ वर्षीय फरबेद आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार भारतबाट नेपालतर्फ आउँदै गर्दा कचनकवल–१ स्थित बगानमा जाँच गर्ने क्रममा आलमको साथबाट ११।६५ ग्राम ब्राउनसुगर बरामद गरेको उहाँले बताउनुभयो ।

पक्राउ परेका आलमलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको र आज म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइने भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

दमक, १५ कार्तिक । गुडिरहेको मोटरसाइकलबाट खसेर घाइते भएकी झापा गौरीगन्ज गाउँपालिका ५ की ६५ वर्षीया पूर्णसरी ताजपुरियाको उपचारका क्रममा

काठमाडौँ, १५ कार्तिक । नेपालमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान

कञ्चनपुर, १५ कार्तिक । वन पैदावारसम्बन्धी मुद्दामा वारदातदेखि फरार रहेका तीन प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णपुर

भक्तपुर, १५ कार्तिक । भक्तपुरमा कोरोना भाइरस सङ्क्रमण र मृत्यु दर दैनिक बढ्दै गएको छ । जिल्लामा आज बिहानसम्ममा कोरोना