काठमाडौँ, १६ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वमा महामारिको रुपमा फैलिएको (कोभिड–१९) कोरोनाको महामारीलाई प्रगतिको बाधक बन्न दिननहुनेमा उहाँको जोड दिनुभएको छ ।
महिलासम्बन्धी चौथो विश्व सम्मेलनको २५ औं वाषिर्कोत्सव अवसरमा उच्चस्तरीय बैठकलाई सम्बोधन गदै उहाँले कोरोना भाइरसको महामारीले असमानताको जोखिमलाई बढाएको बताउनुभयो छ । कोरोनाले आत्मनिर्भताको पाठ सिकाएको उल्लेख गर्दै उहाँले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै व्यक्ति समाज तथा मुलुकले प्रगतिको पथमा अगाडी बढ्नुपर्ने बताउनुभयो ।
उहाँले समयमै स्याहार, खोपमा समान पहुँच एवं महिला, किशोरी तथा बालिकाहरुको आर्थिक तथा सामाजिक आवश्यकताहरू सम्बोधन गर्न पुर्नलाभका योजना जरुरी रहेको समेत बताउनुभयो । राष्ट्रपति भण्डारीले समाजमा संरचनागत खाडल तथा चुनौतीहरु पनि कायमै रहेको उल्लेख गर्नुभयो । बेइजिङ घोषणापत्र तथा कार्ययोजनाले महिला, किशोरी तथा बालिकाहरूको समानता र सशक्तीकरणका लागि रुपान्तरणकारी खाका प्रदान गरेको पनि उहाँको भनाइ छ ।
विभेदका अवशेषहरु निर्मूल पार्न र कार्यान्वयनमा रहेका कमजोरीलाई सुधार्न प्रतिबद्ध रहेको भन्दै राष्ट्रपति भण्डारीले बेइजिङ घोषणापत्रमा अन्तर्निहित सरोकारका बाह्र क्षेत्रहरूमा क्रमिक रूपमा प्रगति हुँदै गएको बताउनुभयो ।