काठमाडौँ, १५ असोज । नेपाल आयल निगमले बिहीबार राती १२ बजेदेखि लागु हुनेगरी डिजेल र मट्टितेलको मूल्य १र१ रुपैंयाका दरले घटाएको छ ।
अब काठमाडौँमा डिजेल तथा मट्टितेलको मूल्य ८९/८९ रुपैंया कायम भएको छ । पेट्रोलको मूल्य भने १०७ रुपैंयामा यथावत छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा केही गिरावट आएको र सोही अनुसार भारतीय आयल कर्पोरेसनबाट मूल्य समायोजन भएर आएकोले मूल्य घटेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायले १५र१५ दिनमा स्वचालित मूल्यप्रणाली अनुसार मूल्य समायोजन गरिएको बताउनुभयो ।