२ वर्षभित्र सुकुम्बासी र अव्यवस्थित बसोबासको स्थायी समस्या समाधान: मुख्यमन्त्री राई

विराटनगर, १५ असोज । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले २ वर्ष भित्र सुकुम्बासी र अव्यवस्थित बसोबासको स्थायी समस्या समाधान गर्न संघीय, प्रदेश र स्थानीय सरकारहरुबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

विराटनगरस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा भूमि सम्बन्धी समस्या समाधान आयोगको कार्य शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले सुकुम्बासी सम्बन्धी समस्या अन्त्य गर्न यो अन्तिम आयोग हुने बताउनु भयो । राजनैतिक स्थिरता र शान्तिपूर्ण अवस्था रहेकाले वर्षौदेखिको सुकुम्बासीको समस्या समाधान हुने बताउनु भएको छ ।

आयोगमा प्रदेश नं. १ बाट गोपाल गुरागाई सदस्य रहनुभएको छ । प्रदेश नं. १ मा झापा, मोरङ, सुनसरी, उदयपुर र इलामको दक्षिणी क्षेत्रमा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । नेपाल टेलिकम आफ्नो सेवालाई विस्तार गर्ने क्रममा सोलुखुम्बुको ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालन गर्नुका

काठमाडौँ, ९ असोज । नेपाल टेलिकमले शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग समन्वय गरी सरकारी र सामुदायिक विद्यालयका शिक्षक र

काठमाडौँ, २९ असार । नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका

काठमाडौँ, २२ असार । नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिएको छ । ग्रामीण