काठमाडौँ, १५ असोज । थप १९ सय ११ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७९ हजार ७ सय २८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १२ हजार ४४४ जनाको नमुना परीक्षण गर्दा १९ सय ११ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । त्यस्तै नेपालमा सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ९ सय ६१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५७ हजार ३ सय ८९ जना रहेको छ । आज ११ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ५ सय ९ जना पुगेको छ ।