कोरोना संक्रमण दर भारतमा भन्दा नेपालमा दोब्बर

काठमाडौँ, १५ असोज । भारतले सेप्टेम्बर २८ मा ११ लाख ४२ हजार ८ सय ११ जनाको पीसीआर परीक्षण गरेको थियो। त्यसमा ७० हजार ५ सय ८९ जनामा पोजिटिभ पाइयो । यो ६.१७ प्रतिशत हो।  त्यही दिन नेपालमा १० हजार ८० जनाको परीक्षण गरिएको थियो। तीमध्ये १ हजार ३ सय ५१ जनाको पोजिटिभ रिपोर्ट आयो। त्यो १३.४० प्रतिशत हो ।

केही यताको सरदर परिणाम दुवै देशको यस्तै छ। बुधबार १२ हजार २ सय ५ जनाको परीक्षण रिपोर्ट सार्वजनिक गरिएकामा १ हजार ५ सय ५९ जनामा पोजिटिभ पाइयो। यो १२.७७ प्रतिशत हो। त्यसअघि मंगलबार १४.०५ र आइतबार १५.५३ प्रतिशतमा संक्रमण पाइएको थियो ।

स्वास्थ्य मन्त्रालयका विज्ञ डा. सुरेश तिवारीका अनुसार १२ प्रतिशतभन्दा माथिमा पोजिटिभ पाइएमा परीक्षण व्यापक विस्तार गरिनुपर्छ। यसको अर्थ समुदायमा निकै फैलिइसकेको भन्ने लाग्छ। नेपाल त्यो चरणमा प्रवेश गरेको छ ।

अघिल्लो महिनासम्म भारतको संक्रमण दर नेपालको भन्दा झन्डै दोब्बर थियो। अहिले ठीक उल्टो अवस्था आएको छ । नेपालको दर भारतको भन्दा दोब्बर मात्र होइन, अझ बढी भइसकेको छ । दक्षिणी छिमेकी मुलुक भारत धेरै संक्रमित भेटिएको विश्वकै दोस्रो राष्ट्र बनेको छ। अमेरिकापछि धेरै संक्रमित भेटिएको भारतमा हालसम्म ६२ लाख ४५ हजार ४ सय ४ जना संक्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय सक्रिय संक्रमण दर पनि भारतको भन्दा नेपालको उच्च छ। भारतमा सक्रिय केस १५ दशमलव ४ प्रतिशत छ। नेपालमा २६ दशमलव ८ प्रतिशत पुगेको छ। भारतमा संक्रमितमध्ये ८३ प्रतिशत निको भएका छन् भने नेपालमा ७२ दशमलव ५ प्रतिशत निको भएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । तेह्रथुममा ४५ बर्सिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला

पोखरा, १६ चैत । घान्द्रुकमा पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा चैत २७ देखि ३०

काठमाडौँ, १६ चैत । काठमाडौँबाट पेस्तोल लगायत अवैध हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले

काठमाडौँ, १६ चैत । डोटीमा वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय