ज्येष्ठ नागरिकको जीवनलाई सम्मानित, मर्यादित र सुखमय बनाऊँ: राष्ट्रपति भण्डारी

काठमाडौँ, १५ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले ल्याएको ज्येष्ठ नागरिक लक्षित कार्यक्रमलाई जीवनोपयोगी बनाई थप विस्तार गर्दै लैजान राष्ट्रपति भण्डारीले सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदै उहाँहरुको जीवनलाई सम्मानित, मर्यादित र सुखमय बनाउन सबैमा आह्वान गर्नुभएको छ ।

३०औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (अक्टोबर १) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ज्येष्ठ नागरिकको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र सम्मानित जीवनका लागि शुभकामना व्यक्त गर्नुभएको छ । सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिकलाई सम्मान र अधिकारमा पहुँच पुर्याउने उद्देश्यका साथ संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभर अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइन्छ । राष्ट्र सङ्घले यस वर्ष अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमो ‘महामारीः के ज्येष्ठ नागरिकलाई हेर्ने दृष्टिकोणमा फरक ल्याउला र ?’ भन्ने नारा राखेको छ ।

नेपालको सांस्कृतिक परम्परा र पारिवारिक मूल्यको एउटा मुख्य विशेषता ‘मातृदेवोभवः, पितृदेवोभवः’ को भावना रहेको र सामाजिक दायित्वप्रति संवेदनशील यस्ता मौलिक मान्यतालाई आत्मसात् गर्दै बदलिँदो परिवेशमा ज्येष्ठ नागरिकको सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु सबैको कर्तव्य भएको जनाउँदै राष्ट्रपतिले आआफ्ना स्थानबाट ज्येष्ठ नागरिकलाई दिनुपर्ने सम्मान र सहयोग पुर्याउन सबैमा आह्वान गर्नुभएको छ ।

सन्देशमा भनिएको छ, “ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षा प्रदान गर्न नेपालको संविधानले गरेको मौलिक हकको व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्ने दिशातर्फ नेपाल सरकार अग्रसर रहेको छ । ज्येष्ठ नागरिकको सम्मान र सुरक्षाका लागि विक्रम संवत् २०५१ देखि शुरु गरिएको ज्येष्ठ नागरिक भत्ता यस सन्दर्भमा एउटा कोसेढुङ्गाका रूपमा रहेको छ, जसले आजसम्म निरन्तरता पाएको छ । सामाजिक सुरक्षाको दायरालाई क्रमशः फराकिलो बनाउँदै सरकारद्वारा स्वास्थ्य बीमा कार्यक्रमसमेत लागु गरिएको छ । यी कदमहरूले ज्येष्ठ नागरिकप्रति राज्य, समाज र परिवारको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र उहाँहरूको आत्मसम्मान वृद्धि गर्न योगदान पुगेको छ भन्ने मेरो विश्वास रहेको छ ।”

परिवारको लालनपालनसहित जीवनका अधिकांश समय विभिन्न क्षेत्रमा क्रियाशील रही आफ्नो ज्ञान, सीप र अनुभवलाई प्रयोग गरेर समाज सुधार र राष्ट्रोत्थानमा ज्येष्ठ नागरिकले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै राष्ट्रपतिले उहाँहरुले जीवनभर सँगाल्नुभएको अनुभवलाई ग्रहण गर्दै नयाँ पुस्ता मुलुकको समृद्धि हासिल गर्नेतर्फ उन्मुख हुने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । नेपाल टेलिकम आफ्नो सेवालाई विस्तार गर्ने क्रममा सोलुखुम्बुको ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालन गर्नुका

काठमाडौँ, ९ असोज । नेपाल टेलिकमले शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग समन्वय गरी सरकारी र सामुदायिक विद्यालयका शिक्षक र

काठमाडौँ, २९ असार । नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका

काठमाडौँ, २२ असार । नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिएको छ । ग्रामीण