थप दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, १५ असोज । बुटवलको कोरोना विशेष अस्पतालमा र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पताल १/१ जना गरि थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका वार्ड १० का ८० बर्षीय पुरुषको मृत्यु भएको कोरोना अस्पतालमा फोकल पर्शन डा. शुर्दशन थापाले जानकारी दिए । उनको अनुसार असोज १२ गते कोरोना पोजेटिभ देखीएका उनलाई हिजो साझँ ७ बजे कोरोना अस्पस्पतलमा भर्ना गरिएको थियो । उपचार गर्दागर्दा राति मृत्यु भएको डाक्टर हो । उनलाई मुटु र प्रेसर रोगको पनि समस्या पनि थियो ।

त्यस्तै धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार सुनसरी जिल्लाको इटहरी–६ का ५६ वर्षीय पुरुषको मृत्यु भएको हो । 

विराट मेडिकल कलेज विराटनगरबाट कोरोना संक्रमण पुष्टि भएको र उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाई भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि ल्याइएको र गम्भीर अवस्थामा रहेका उक्त संक्रमितको उपचारका क्रममा बुधबार राति ९:३० बजे मृत्यु भएको प्रवक्ता डा. सापकोटाले बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ माघ । नेपाल टेलिकमले आफ्ना प्रयोगकर्तालाई आफ्नो विवरण अपडेट गर्न, नाम सच्याउन तथा आफ्नो नाममा बनाउन आग्रह गरेको छ

काठमाडौँ, ६ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ हेर्दाहेर्दै मङ्गलबारका लागि तय भएको छ

काठमाडौँ, ६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुनै पनि किसिमको हिंसाको पक्षमा नरहेको बताएका छन् । आज काठमाडौँमा

काठमाडौँ, ६ माघ । थप ३ सय ४८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६७ हजार ९