नेपालको पर्वतीय पारिस्थितिक प्रणालीको विशिष्ट प्रयोगशाला हो: प्रम ओली

काठमाडौँ, १५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खोजकर्ता, सोधकर्ता तथा वैज्ञानिकहरूका लागि यो ज्ञानको वास्तविक स्रोत रहेको उल्लेख गर्दै नेपालको पर्वतीय पारिस्थितिक प्रणाली विशिष्ट प्रयोगशाला भएको बताउनुभएको छ ।

बुधवार संयुक्त राष्ट्र संघको आयोजनामा दिगो विकासका लागि जैविक विविधतासम्बन्धी अविलम्ब गर्नुपर्ने कार्य विषयक शिखर सम्मेलनमा बोल्दै उहाँले मानव मात्रको हितका लागि पर्वतीय पारिस्थितिक प्रणाली महत्वपूर्ण साझा निधिका रूपमा रहेको उल्लेख गर्दै मानव अतिक्रमण, वातावरणीय प्रदुषण, जलवायु परिवर्तन तथा वन्यजन्तु विरूद्धका अपराधले जैविक विविधतामा क्षति पुगेको बताउनुभयो ।

अन्तर्राष्ट्रियस्तरमा सहमति भएका विकासका खाकाहरू रवातावरणसम्बन्धी बहुपक्षीय संझौताहरू अन्तर्गत गरिने प्रयासबीच सामञ्जस्यता कायम गर्नु पर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, ‘म आग्रह गर्न चाहन्छु, हामी सबै एक भई उभिऔं र यो सुन्दर धर्तीलाई आउँदा पुस्ताका लागि बचाई राखौं ।हामीलाई उनीहरूको भविष्यसँग संझौता गर्ने अधिकार छैन । यसलाई भोलिका लागि अझ बस्नयोग्य बनाऔं । आवश्यक राजनीतिक इच्छाशक्ति जागृत गरौं, विचार तथा नवप्रबर्तनको प्रवर्द्धन गरौं र जैविक विविधता संरक्षणका लागि दृढताका साथ कार्य गरौं ।’

जैविक विविधताका स्रोतहरू हाम्रा जीवन धान्ने आधार रहेको उल्लेख गर्दै उहाँले जैविक विविधताका स्रोतबाट स्वच्छ हावा, शुद्ध पानी, खाद्यान्न तथा जीविकोपार्जन, खनिज तथा औषधिउपलब्ध हुन्छ साथै मानव जीवन तथा अर्थतन्त्र चल्ने उल्लेख गर्नुभयो । जैविक विविधताले पुस्तालाई जोड्दछ साथै यो राष्ट्रिय सीमारहित रहने बताउँदै उहाँ प्रकृतिसँग सामञ्जस्यतामा जिउनु नेपाली संस्कृतिको अभिन्न भाग भएको बताउनुभयो ।

जैविक विविधताको संरक्षण “समृद्ध नेपालसुखी नेपाली” को राष्ट्रिय आकांक्षाको महत्वपूर्ण आयामको रुपमा रहेको उल्ले गर्दै उहाँले नेपालको २३ प्रतिशत भूभाग संरक्षित क्षेत्रको रुपमा रहेको छ र हामीले आइची लक्ष्य-११ हाँसिल गरिसकेको बताउँदै सन् २०३० सम्ममा ३० प्रतिशत पुर्‍याउने हाम्रो योजना रहेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बर्दिया, ५ कार्तिक । बर्दियाको मधुवनमा बाघकाे आक्रमणबाट एक महिलाको ज्यान गएको छ । सामुदायिक वनमा डालेघाँस काट्न गएकी मधुवन नगरपालिका

धादिङ, ५ कार्तिक । कोभिड –१९ को संक्रमणका कारण दुई दिनका अवधिमा धादिङका तीन जनाले ज्यान गुमाएका छन् । नेपाल

तनहुँ, ५ कात्तिक । अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित र आङ्तकित पार्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ

चितवन, ५ कार्तिक । चितवनमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड अस्पतालमा मंगलबार गरिएको