काठमाडौँ, १४ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई शुक्रबारलाई सरेको छ ।
सर्वोच्चको संवैधानिक इजलासको पूर्ण इजलासमा आज रिट निवेदक र विपक्षी दुबैपक्षबाट बहस भएको छ । तर, अझै पनि कानून व्यवसायीहरुले बहस गर्ने क्रम नसकिएका कारण शुक्रबारसम्मलाई सरेको बताइएको हो ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्नुभएको थियो । तर, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले उक्त मनोनयन बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलासमा निवेदनको माग बमोजिम अन्तरिम आदेश जारी गर्नेरनगर्नेबारे बहस भएको बताइएको छ ।
यता रिट निवेदकका तर्फबाट भने वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, दिनेश त्रिपाठी, हरि उप्रेती, पंकज कर्णलगायतले बहस गरेका थिए । त्यस्तै, सरकारी पक्षबाट महान्यायाधीवक्ता अग्नि खरेलले बहस गरेका थिए ।