थप १५५९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७७ हजार नाघ्यो

काठमाडौँ, १४ असोज । थप १५ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७७ हजार ८ सय १७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १२ हजार २ सय ५ जनामा नमुना परीक्षण गर्दा  १५ सय ५९ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । त्यस्तै नेपालमा सक्रिय संक्रमितको संख्या २० हजार ८ सय ९१ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज १०५७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५६ हजार  ४ सय २८ जना रहेको छ । आज ७ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय ९८ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बुटवल, ७ माघ । रुपन्देहीको मर्चवारमा एक युवकको जलाएर हत्या भएको छ । प्रहरीका अनुसार  गाउँपालिका–७ गरगट्टी गाउँमा दानव नदी

सर्लाही, ७ माघ । सर्लाहीमा भन्सार छली ल्याएको चाँदीका गहना र सुनसहित दुईजना पक्राउ परेका छन् । नवलपुर–मलंगवा सडकखन्डबाट भन्सार

झापा, ७ माघ । झापाको भद्रपुर–५ झापा चोकस्थित कपास उद्योगमा आगलागी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ । प्रहरीका

चितवन, ७ माघ । पूर्वी चितवनको राप्ती नगरपालिका–५ कालिका पेट्रोलपम्प नजिक गए राति बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको