नवजात शिशुमा कोरोना संक्रमण पुष्टि

पोखरा, १४ असोज । पोखरामा भर्खर जन्मिएका २० घण्टाको नवजात शिशु सहित थप ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नवजात शिशु पोखरा ४ का हुन् । शिशुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियुमा भर्ना गरिएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा २० घण्टाको नवजात शिशु सहित ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

अन्य संक्रमितमा पोखरा महानगरपालिका वडा नम्बर २ तथा २० का ६५ वर्षीय १ र १ जना पुरुष रहेका छन् । संक्रमित सोही अस्पतालको फिभर क्लिनिकबाट पहिचान भएका हुन् । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ८ सय ६६ पुगेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ माघ । मन्त्रिपरिषद् बैठकले गरेको २६ वटा महत्वपूर्ण निर्णयहरु सावर्जनिक भएको छ । आज सञ्चार तथा सूचना मन्त्री पार्वत

काठमाडौँ, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेपाली जनताले विश्वास गर्ने धार्मिक मठमन्दिरमा पाठपूजा गर्न जाने बताएका छन

काठमाडौँ, १४ माघ । नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा ‘पार्टी एकता राष्ट्रिय अभियान’को घोषणा गरेका छन ।  आज पत्रकार सम्मेलन गर्दै

काठमाडौँ, १४ माघ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट सुरु भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल