बाघको आक्रमणबाट एकजनाको मृत्यु

रौतहट, १४ असोज । रौतहटमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार चन्द्रपुर नगरपालिका-६ का २७ वर्षीय संगम भण्डारीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

भण्डारी मंगलबार दिउँसो घाँस लिन जंगल गएका थिए । भण्डारीको कम्मरभन्दा तलको भाग बाघले खाएको अवस्थामा बुधबार जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ माघ । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा आइतबार सुनुवाइ प्रारम्भ हुनुअघि नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार निवेदकद्वारा

काठमाडौँ, ११ माघ । थप २ सय ७० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६९ हजार ४

काठमाडौँ, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर देशलाई बर्बाद बनायो भन्नेहरु देशविरोधी भएको बताएका छन् । आज

काठमाडौँ, ११ माघ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलासमा अधिवक्ताहरुलाई बजारका हल्लाको पछाडी नलाग्न आग्रह गरेका छन् । प्रधानमन्त्री