बोझ बन्दै पिसिआर परीक्षण

काठमाडौँ, १४ असोज । शुक्रराज सरुवा रोग अस्पतालमा कोरोनाको लक्षण भएका वा नभएका दुवैथरि मानिसको भीड लागेको हुन्छ। उनीहरु आफूलाई कोरोना लागे वा नलागेको यकिन गर्नुभन्दा पनि कोरोना परीक्षणको रिपोर्ट घरधनी वा काम गर्ने कार्यालयमा लगेर देखाउन परीक्षण गर्न बाध्य भएका हुन्। लकडाउन खुलेपछि राजधानी प्रवेश गर्ने अन्तरदेशीय र अन्तराष्ट्रिय दुवै व्यक्तिलाई घरबेटीको अनिवार्य पिसिआर परीक्षणको रिपोर्ट चाहिन्छ ।

यी दुवै ठाउँमा परीक्षणको माग भएपछि शुक्रराज सरुवा रोग अस्पतालमा दैनिक ५ देखि ६ सय जनाको लाइन हुन्छ। यी सबैलाई अस्पतालले एकैदिन व्यवस्थापन गर्न सक्दैन। माग हुँदैमा सबैको परीक्षण गर्ने नीति सरकारको छैन। सरकारको कोरोना परीक्षण निर्देशिकाअनुसार जोखिमस्थलबाट आएका, संक्रमित व्यक्तिको सम्पर्कमा आएका र कोरोनाको कुनै लक्षण देखिएमा मात्र पिसिआर परीक्षण गर्ने नियम छ। टेकु अस्पतालमा पुग्ने सबै यो नियमभित्र पर्दैनन्। तर पिसिआर परीक्षण नगरी जानै मान्दैनन् ।

परीक्षणको लागि बाध्यताले दिनहुँ लाइनमा बस्नेमध्ये कतिलाई अस्पतालले क्वारेन्टिनमा बस्नको लागि सुझाव दिएर पठाउने गरेको भए पनि पिसिआर परीक्षणको आतंक नरोकिएपछि मंगलबारदेखि अस्पतालले सबैको परीक्षण गर्ने निधो गरेको छ। ‘सामाजिक सम्मान र मानवीय हिसाबले पनि उनीहरुको सबैको परीक्षण गर्ने व्यवस्थापन गरेका छौं, आज सबैको नमुना संकलन ग(यौं,’ शुक्रराज सरुवा रोग अस्पतालका निर्देशक डा। सागर राजभण्डारीले नागरिकसित भने। सबैको परीक्षण अस्पतालबाट सम्भव नभएपछि नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन थालेको छ । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ९ कार्तिक । सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापाले नेपालीहरुको महान् चाड विजया दशमी, दिपावली, छठ, नेपाल संवतलगायतका पर्वहरुको शुभकामना

भक्तपुर, ९ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपालीहरुको महान् चाड विजया

बझाङ, ९ कार्तिक । नेपालीहरुको महान् चाड विजय दशमी (दशैं)मा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस त्यागी सत्तारुढ दल नेपाल

काठमाडौँ, ९ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सबै अस्पताललाई आग्रह