भक्तपुरमा डलर साट्ने भन्दै लुटपाट गर्ने दुई जना पक्राउ

भक्तपुर, १३ असोज । भक्तपुरमा डलर साट्ने भन्दै पाँच लाख लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त, जगातिबाट खटिएको टोलीले बिहान १० बजे चाँगुनारायण नगरपालिका–८ रातोपाटीबाट भक्तपुर चारदोबाटोमा कोठा गरी बस्ने २३ वर्षीय विमल भण्डारी र २१ वर्षीय निर्मल भण्डारीलाई पक्राउ गरेको हो । 

उनीहरूले मंगलबार बिहान पौने आठ बजे एक व्यक्तिलाई लुटेका थिए । उनीहरूले डलर सस्तोमा साटिदिने भन्दै पाँच लाख रूपैयाँ लुटेर फरार भएका थिए । उनीहरूबाट प्रहरीले तीन लाख ३१ हजार नेपाली रुपैयाँ तथा आठ थान अमेरिकी डलर समेत बरामद गरेको छ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बर्दिया, ५ कार्तिक । बर्दियाको मधुवनमा बाघकाे आक्रमणबाट एक महिलाको ज्यान गएको छ । सामुदायिक वनमा डालेघाँस काट्न गएकी मधुवन नगरपालिका

धादिङ, ५ कार्तिक । कोभिड –१९ को संक्रमणका कारण दुई दिनका अवधिमा धादिङका तीन जनाले ज्यान गुमाएका छन् । नेपाल

तनहुँ, ५ कात्तिक । अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित र आङ्तकित पार्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ

चितवन, ५ कार्तिक । चितवनमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड अस्पतालमा मंगलबार गरिएको