नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९१ पुग्यो

काठमाडौँ, १३ असोज । पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना पुष्टि भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ४९१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङका ६८ वर्षीय एक पुरुष, सर्लाहीकी ७२ वर्षीय एक महिला, महोत्तरीका ५८ वर्षीय एक पुरुष, काठमाडौंकी ५७ वर्षीय एक महिला र ६० र ७० वर्षीय दुई पुरुष, चितवनका ५५ वर्षीय एक पुरुष, बाँकेकी ७६ वर्षीय एक महिला र ५३ र ३९ वर्षीय दुई पुरुषको निधन भएको छ ।

त्यस्तै थप १५ सय १३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७६ हजार २ सय ५८ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । चन्द्रागिरी नगरपालिका-४ कोतघरस्थित ४६ बर्षीय धनसिंह गोपालीको घरमा तास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले प्रक्राउ गरेको छ

पोखरा, १४ कार्तिक । गण्डकी प्रदेशमा थप ६५ जनामा कोरोना पुष्टि भएको छ । लाईफ केयर डाईग्नोस्टिक प्रा.लि., पोखरा गरिएको

कैलाली, १४ कार्तिक । कार्तिकको जानकी गाउँपालिका ५–मा कुटपिट गरी युवकको हत्या भएको छ । बिहीबार राति युवाहरुको आक्रमणमा परी

बुटवल, १४ कार्तिक । सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना भएकी एक महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ ।