काठमाडौँ, १३ असोज । थप १५ सय १३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या ७६ हजार २ सय ५८ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार ८ सय ९२ जनामा नमुना परीक्षण गर्दा १५ सय १३ जनामा कोरोना संक्रमित पुष्टि भएको हो । त्यस्तै नेपालमा सक्रिय संक्रमितको संख्या २० हजार ३ सय ९६ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ७ सय ३१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ५५ हजार ३ सय ७१ जना रहेको छ । आज १० जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ४ सय ९१ जना पुगेको छ ।