मन्त्रिपरिषद् पुनर्गठनबारे अध्यक्षद्वय निरन्तर छलफलमा

काठमाडौँ, १३ असोज । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकलम दाहालबीच आज पनि मन्त्रिपरिषद् पुनर्गठनबारे छलफलमा भएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको विवादले मन्त्रिपरिषद् पुनर्गठनबारे छलफलमा केही समस्या देखिएको छ । नयाँ मन्त्री नियुक्ति र पुराना मन्त्री हटाउने विषय व्यक्ति विशेषमा केन्द्रीत भएपछि दुई अध्यक्षबीच मत मिलेको छैन । प्रधानमन्त्री ओली राम्रा काम गरिरहेका मन्त्रीलाई हटाउन नहुने पक्षमा अडिग रहेका छन भने कार्यकारी अध्यक्ष दाहाल पूर्वमाओवादीबाट सहभागी सबै मन्त्रीलाई हटाएर आफुले भनेअनुसारका व्यक्ति राख्न पाउनुपर्ने माग राखेका कारण सहमति नबनेको स्रोतको भनाई छ ।

गत आइतवारदेखी दुई अध्यक्ष छलफलमा जुटेपनि सहमति बन्न सकेको छैन । प्रधानमन्त्री ओली मन्त्रिपरिषद् पुनर्गठनलाई लामो समय लैजादा मन्त्रालयका काममा पनि प्रभाव पर्ने भन्दै चाडो टुंगोमा पु¥याउनुपर्नेमा लागेका छन । दाहालले भने उपाध्यक्ष समेत रहेका बामदेव गौतमको विषय अदालतबाट टुंगो नलागेसम्म पुनर्गठन गर्न नहुने पक्षमा देखिएका छन । विवाद चलिरहँदा पनि अध्यक्षद्वय ओली र दाहाल भने निरन्तरकै छलफलबाट सहमति निकाल्ने पक्षमा रहेका छन ।

उहाहरुबीच आज पनि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल चलिरहेको छ । छलफलमा मन्त्रिमण्डल पुनर्गठन र पार्टी एकताको बाँकी काम टुंग्याउनेलगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, ३ माघ । आर्थिक प्रलोभनमा परेर अरुलाई झुठो मुद्दामा फसाउन खोजेको आरोपमा दुई युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ, ३ माघ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित काँडाघारीमा साढे २ वर्षीया बालिका बलात्कृत भएकी छिन् । आफन्तकोमा पाहुना लाग्न

पर्वत, ३ माघ । बाटोमा हिँडिरहेका व्यक्तिको सिक्री तथा झोला, मोटरसाइकल र स्कुटर प्रयोग गरी चोरी गर्ने गिरोह पर्वतमा पनि

हुम्ला, ३ माघ । जिल्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर