ब्रोइलर कुखुराको चल्लालाई रंग लगाएर लोकल बनाइ बिक्री गर्ने ४ जना पक्राउ

काठमाडौँ, १३ असोज । ब्रोइलर कुखुराको चल्लालाई रंग लगाएर लोकल भनेर बिक्री गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले १० रुपैयाँ प्रतिगोटामा चल्ला किनेर ल्याएर डेढ सय रुपैयाँसम्ममा बिक्री गर्ने प्रेमशिला देवी, वकिल खान, सुमित्रा जैसवाल र चन्दादेवी शाहलाई पक्राउ गरेको हो ।

३ हजार ६ सय ५० वटा चल्ला रंग लगाइएको अवस्थामा बरामद भएको र थप २४ हजार ९ सय ५० वटा चल्लालाई रंग लगाउन तयारी अवस्थामा राखिएको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरूले चितवनस्थित अविनाश ह्याचरीबाट खरिद गरेर चल्ला ल्याइ अवैध रूपमा रङ्ग परिवर्तन गरी बढी मूल्यमा बेचिरहेको सूचना प्रहरीले पाएको थियो । पक्राउ परेका चार जनामाथि थप अनुसन्धान जारी  रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दुई महिनाको तलब र दशैं खर्च कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार

काठमाडौँ, ५ कात्तिक । नुवाकोटको शिवपुरी गाउँपालिकामा अर्को व्यवस्था नभएसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । विश्वव्यापी रूपमा

काठमाडौँ, ५ कार्तिक । नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना भाइरसको संक्रमण भएको छ । ट्विट गर्दै उनले आफूलाई संक्रमण भएको

काठमाडौँ, ५ कार्तिक । वाग्मती र गण्डकी प्रदेश सरकारले कोरोना सङ्क्रमितको निःशुल्क उपचारलाई निरन्तरता दिने जनाएका छन् । गण्डकी प्रदेशको