कञ्चनपुर, १३ असोज । कञ्चनपुरको कृष्णपुरबाट भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कञ्चनपुर प्रहरीका अनुसार साेमबार साँझ कृष्णपुर नगरपालिका १ (दाेमिल्ला) का २४ वर्षीय लाल बहादुर बिष्ट र सोही ठाउँका २५ वर्षीय कमल थापालाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।