सवारी दुर्घटनामा ट्र्याक्टर चालकको मृत्यु

बारा, १२ असोज । बाराबाट हेटौंडातर्फ आउँदै गरेको ना५ख ४१६४ नंको ट्रकले हेटौँडाबाट बारातर्फ जाँदै गरेको ना३त ६९३१ नंको ट्र्याक्टरलाई हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजीकै सोमबार दिउँसो ठक्कर दिँदा ट्र्याक्टर चालकको बाटोमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्र्याक्टर चालक बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ बस्ने वर्ष २२ वर्षीय लालबहादुर यादव रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

ठक्कर दिने ट्रक र त्यसका चालक धनुषाको मिथिला गाउँपालिका बस्ने गङ्गाराम महतोलाई अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिएको छ । दुर्घटनामा परी घाइते भएका तीन जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । सोमबार अपरान्ह देउवा

काठमाडौँ, ५ माघ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले आफूहरुबाट पनि विगतमा भएका गल्तीहरु

काठमाडौँ, ५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताउनुभएको छ । राष्ट्रपति

पर्सा, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपालमा परिवर्तनको लामो आन्दोलनपछि एक