छोरीलाई बलात्कार गर्ने एकजना पक्राउ

धादिङ, १२ असोज । आफ्नै छोरीको बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । १४ वर्षीया छोरीलाई पटक–पटक  बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।
 
पीडितका आमा र भाइ घर नभएको बेलामा असोज ८ गते पछिल्लो पटक बलात्कार गरेको पीडितले प्रहरीलाई बताएकी छिन् । प्रहरीको सहयोगमा जिल्लामा सञ्चालित सुरक्षित आवास गृहमा राखिएकी बालिकाको स्वास्थ्यपरीक्षण गरिएको छ । 

घटना पटक–पटक भएको र आफ्नो आमाले घटना थाहा पाउँदासमेत आफूले न्याय नपाएपछि घर छाडेर भागेको बालिकाले बताएकी छिन् । आरोपित बाबुले आफूलाई पाँच वर्षको उमेरदेखि नै बलात्कार गर्दै आएकाले छिमेकीको घरमा काम गर्ने एक जनासँग भागेर  काठमाडौँ जान लाग्दा पीडित बालिकाको उद्वार गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बर्दिया, ५ कार्तिक । बर्दियाको मधुवनमा बाघकाे आक्रमणबाट एक महिलाको ज्यान गएको छ । सामुदायिक वनमा डालेघाँस काट्न गएकी मधुवन नगरपालिका

धादिङ, ५ कार्तिक । कोभिड –१९ को संक्रमणका कारण दुई दिनका अवधिमा धादिङका तीन जनाले ज्यान गुमाएका छन् । नेपाल

तनहुँ, ५ कात्तिक । अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित र आङ्तकित पार्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ

चितवन, ५ कार्तिक । चितवनमा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड अस्पतालमा मंगलबार गरिएको