वीरगञ्ज, १२ असोज । कोरोना संक्रमणबाट पर्सामा कार्यरत एक स्वास्थ्यकर्मीको उपचारको क्रममा काठमाडौंस्थित करुणा अस्पतालमा मृत्यु भएको छ ।
महोत्तरीको मनरा नगरपालिका–७ सरपलो घर भएका पर्साको जगरनाथपुर गाउँपालिकामा कार्यरत ५८ वर्षीय सिनियर अहेबको सोमबार बिहान साढे ८ बजे उपचारको क्रममा मृत्यु भएको हो ।
भेन्टिलेटरमा राखेर उपचार चलिरहेकै अवस्थामा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।