गृहमन्त्रीद्वारा बलात्कारका घटना मिलापत्र गराउनेलाई कडा कारबाही गर्न निर्देशन

काठमाडौँ, १२ असोज । गृहमन्त्री रामबहादुर थापाले बलात्कार घटनामा मेलमिलाप गराउने, पञ्चायती बस्ने कार्यमा संलग्नहरूलाई मतियारको रूपमा पक्राउ गरी कारबाही गर्न मातहतका निकायलाई निर्देशन गरेको बताएका छन् । 

बलात्कारका घटनामा संलग्नलाई कारबाहीको माग गर्दै सोमबार गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउन गएको अखिल नेपाल महिला संघ (अनेमसंघ)का प्रतिनिधि मण्डल र बझाङ जिल्लाका जनप्रतिनिधि मण्डलसँगको संयुक्त भेटमा गृहमन्त्री थापाले बलात्कारजस्तो जघन्य अपराधमा मिलापत्र गराउनु ठूलो अपराध भएको बताए । 

उनले यस्तो मिलापत्र गराउनेलाई कारबाहीको सुनिश्चितता विद्यमान कानुनले गरेको बताउँदै आवश्यकपरे थप कडा कारबाहीको प्रावधान राख्न कानुन संशोधन गरिने समेत बताए । 

उनले बलात्कारका घटना समाजका लागि लज्जाको विषय भएको भन्दै यस्ता घटना रोक्न सरकार संवेदनशील र गम्भीर रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ७ कार्तिक । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ९ नंखेल स्थित पलोसे–डोलेश्वर सडकको मुख्य प्रवेशद्वारमा निर्माण गरिएको डोकेखोलाको पुल

काठमाडौँ, ७ कात्तिक । बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफा मनास्लु र लुवुचो हिमालको सफल आरोहण गरी शुक्रबार स्वदेश फर्किएका

काठमाडौँ, ७ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमणपछि उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ । उनलाई आज

विराटनगर, ७ कार्तिक । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।