सुनसरी, १२ असोज । सुनसरी बराहक्षेत्र नगरपालिका–१ कटहरेकी १२ वर्षीया बालिका मीना राईको हत्या गरेको अरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चटपटे किनबेचको विषयमा वादविवाद हुँदा छिमेकी १६ वर्षीय किशोरले राति बालिकाको घरमा कोही नभएको बेला बोतलले प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।
ती किशोरले बोतलले प्रहार गर्नुका साथै घाँटी कसेर हत्या गरेको अनुसन्धानबाट खुलेको सुनसरीका प्रहरी नायब उपरीक्षक कार्कीले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।