आईपीएलमा राजस्थानको कीर्तिमानी जित

काठमाडौँ, १२ असोज । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कीर्तिमानी जित निकालेको छ ।

गएराति यूएईको सारजहा मैदानमा भएको खेलमा राजस्थान रोयल्सले किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले पराजित गरेर जित हासिल गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले दिएको २ सय २४ रनको फराकिलो लक्ष्य राजस्थानले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

आईपीएलको इतिहासमा कुनै पनि टोलीले लक्ष्य पूरा गरेको यो सर्वाधिक योगफल हो । राजस्थानको जितमा सन्जु सामसन, कप्तान स्टिभ स्मिथ, राहुल टेवटियाले अर्धशतकीय पारी खेले । उनले १८ औं ओभरमा पन्जाबका कोट्रेलको बलमा एकै ओभरमा ५ छक्का प्रहार गरेका थिए । जितसँगै राजस्थानले २ खेलमा ४ अंक जोडेको छ । राजस्थान तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । दिल्लीको पनि समान अंक छ तर रन रेटका आधारमा शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कैलाली, १५ कार्तिक । कैलालीमा २९ जना जुवाडेलाई प्रहरीले प्रकाउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला

दमक, १५ कार्तिक । गुडिरहेको मोटरसाइकलबाट खसेर घाइते भएकी झापा गौरीगन्ज गाउँपालिका ५ की ६५ वर्षीया पूर्णसरी ताजपुरियाको उपचारका क्रममा

कञ्चनपुर, १५ कार्तिक । वन पैदावारसम्बन्धी मुद्दामा वारदातदेखि फरार रहेका तीन प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्णपुर

काठमाडौँ, १५ कार्तिक । कोभिड–१९ महामारीकाबीच पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले साइड इफेक्ट