काठमाडौँ, १२ असोज । हाल भारतको पूर्वी बिहार आसपास रहेको न्युन चापीय प्रणाली कमजोर हुने क्रममा रहेकोले आजको मौसम सामान्यदेखि आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र ५ नम्बर प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा हुने अनुमान छ । यसबाहेकका अन्य क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको छ ।
त्यस्तै आज राति प्रदेश नम्बर १ र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ । अहिले बिहानीपख देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ ।