सुनका गहनासहित दुई जना पक्राउ

कञ्चनपुर, ११ असोज । भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई जना पक्राउ परेका छन ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुवै जनालाई शनिबार साँझ सुनका गहनासहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार डोटी केआइसिंह गाउँपालिका–२ का २२ वर्षीय मोहन कामी र १९ वर्षीय सुनिल भुजेललाई ४४० ग्राम ६३० मिलीग्राम सुनका विभिन्न किसिमका तयारी गहनासहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

भक्तपुर, ७ कार्तिक । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ९ नंखेल स्थित पलोसे–डोलेश्वर सडकको मुख्य प्रवेशद्वारमा निर्माण गरिएको डोकेखोलाको पुल

काठमाडौँ, ७ कात्तिक । बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफा मनास्लु र लुवुचो हिमालको सफल आरोहण गरी शुक्रबार स्वदेश फर्किएका

काठमाडौँ, ७ कात्तिक । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमणपछि उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ । उनलाई आज

विराटनगर, ७ कार्तिक । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।