मकवानपुरमा एकैदिन ६ जनाको मृत्यु

मकवानपुर, ११ असोज । मकवानपुरमा बिभिन्न घटनामा परी एकै दिन ६ जनाको मृत्यु भएको छ । शनिबार खोलाले बगाउँदा तीन जना, दुर्घटनामा एक, कोरोना संक्रमणबाट एक र रेविज रोगबाट एक गरी छ जनाको मृत्यु भएको हो ।

भीमफेदी गाउँपालिका–१ स्थित त्रिखण्डी मन्दिर नजिक सेल्फी खिच्ने क्रममा चिप्लिएर राप्ती खोलामा खस्दा १८ वर्षीया युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज घर भई हेटौंडा बस्ने प्रियंका सोनी रहेकी छिन् । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको कैलाश गाउँपालिका ५ र १ को सिमानामा पर्ने खोलाले बगाउँदा स्थानीय ३८ वर्षको धावा स्याङ्तानको मृत्यु भएको छ । स्याङतानलाई ५ नम्बर वडा कार्यालय गोगनेबाट घर फर्कने क्रममा चौकीटार खोलाले बगाएको थियो । यसैगरी हेटौंडा–१९ मा पर्ने ज्यामिरे खोलामा एक महिलाको शव फेला परेको छ । आन्दाजी ४० वर्षीया महिलाको शव खोलामा फेला परेको हो । मृतकको सनाखत खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–मनहरी खण्डको खरङ्गामा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ४६५२ नम्बरको ट्रकले मनहरीतर्फ जाँदै गरेको ना ४३ प ७२ को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बारा रतनपुर २ का ३० बर्षीय सूर्य स्याङतानको मृत्यु भएको हो । कोरोना संक्रमणबाट हेटौंडा उपमहानगरपालिका–९ का ७४ वर्षीय पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कजेलमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । भदौ ३ गते श्वासप्रश्वास र निमोनियाको समस्याका कारण अस्पताल भर्ना भएका उनको भदौ ९ गते कोरोना पुष्टि भएको थियो ।

यसैगरी हेटौंडा–१० न्युरेनीका शान्तबहादुर मार्गनको रेबिज रोगका कारण मृत्यु भएको छ । मार्गनलाई काठमाडौंको टेकु अस्पतालले उपचार नहुने भनेपछि शुक्रबार घर ल्याइएको थियो । उनको शनिबार बिहान आफ्नै घरमा मृत्यु भएको हो । ६२ वर्षीय मार्गनलाई गत बैशाखमा कुकुरले टोकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । विशेष अदालतले अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ गर्न थालेको छ । बिहीबार परीक्षणको रुपमा सुरु गरिएको अनलाइन

पोखरा, १६ चैत । घान्द्रुकमा पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा चैत २७ देखि ३०

काठमाडौँ, १६ चैत । भक्तपुरको सानोठिमीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी बसन्त

काठमाडौँ, १६ चैत । काठमाडौँबाट पेस्तोल लगायत अवैध हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले