कोरोना कहरको बीच पनि सरकारले दियो कामले जवाफ: यी आयोजना निर्माणको अन्तिम चरणमा

काठमाडौँ, ११ असोज । सरकारले कोरोना महामारीको अवधिमा सीमित जनशक्तिकै भरमा भए पनि विकास निर्माणका काम धमाधम अघि बढाइरहेका छन् । भूकम्पपछिको भौतिक संरचना, सम्पदा पुनर्निर्माण तथा सडक पूर्वाधारसँगै विमानस्थल निर्माण कार्यले पनि गति लिएको छ ।

राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ९२ प्रतिशत भौतिक प्रगति भएको छ भने ६३ प्रतिशत वित्तीय प्रगति भएको छ । विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी रहेको जनाइएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा दोस्रो टर्मिनल भवनको निर्माण तयारी सुरु गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ । पर्यटन तथा उड्डयनमन्त्री योगेश भट्टराईले टर्मिनल भवनको नयाँ डिजाइनसमेत सार्वजनिक गरेका छन् । दोस्रो टर्मिनल भवनको अब ठेक्का प्रक्रियासगै निर्माण कार्य सुरु हुनेछ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि आगामी वर्ष तयारी अवस्थामा रहने गरी निर्माण कार्य भइरहेको छ । कुनै रोकतोक नभएमा आगामी वर्ष विमानस्थल तयारी अवस्थामा रहनेछ । यो समाचार आजको राजधानी दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ वैशाख । खरबुजा गर्मीको बेला हाम्रो शरीरलाई निकै फाइदाजनक फल हो । खरबुजामा पाइने पानीको कारणले शरीरलाई हाइड्रेटेड

काठमाडौँ, ६ बैशाख । पोखराको राष्ट्रबैंक चोकमा माइक्रो र स्कार्पिओ आपसमा ठोकिँदा ८ जना घाइते भएका छन् । कास्की प्रहरीका

काठमाडौँ, ६ बैशाख । यूएईलगायत खाडी क्षेत्रमा भीषण वर्षाका कारण उडान रोकिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सयौँ यात्रु अलपत्र परेका

काठमाडौँ, ६ बैशाख । धनुषामा एक ट्रक प्याज बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले १५२