६० रुपैयाँमा एक किलो प्याज

काठमाडौँ, १० असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो ६० रुपैयाँमा प्याजको बिक्रीवितरण सुरु गरेको छ ।

लिमिटेडको थापाथली बिक्रीकक्षबाट प्रतिकिलो ६० रुपैयाँमा सर्वसाधारणलाई प्याज बिक्री गरेको हो । सरकारले बजार अनुगमनका क्रममा बढी मूल्य लिई बिक्री गर्न लागेको प्याजलाई जफत गरी बजार मूल्यमा बिक्री गर्न थालेको हो ।

काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथली बिक्रीकक्षबाट सर्वसाधारणलाई ६० रुपैयाँमा प्याज उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । उहाँका अनुसार बजार अनुगमनका क्रममा १४ हजार ६ सय किलाे प्याज सरकारले बरामद गरेको छ । एक जनालाई तीन किलोसम्म दिन थालेको पनि उहाँले बताउनुभयो ।

उहाँका अनुसार ५२ रुपैयाँ राजस्व र ८ रुपैयाँ खाद्य कम्पनीको खातामा जम्मा गरिनेछ । काठमाण्डौ उपत्यकामा प्याजको मूल्य १ सय २० सम्म पुगेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजार अनुगमन समेत गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १६ चैत । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका

जेनेभा, १५ चैत । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्याङ्कनका लागि नयाँ

इलिनोइस, १५ चैत । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ४ जनाको मृत्यु भएको छ भने कम्तीमा ५ जना

काठमाडौँ, १५ चैत । विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने