विश्वमा दुई करोड ४१ लाख ७१ हजार भन्दाबढी मानिस कोरोनामुक्त

काठमाडौँ, १० असोज । विश्वमा नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट हालसम्म उपचारपछि घर फर्किने संख्या २ करोड ४१ लाख ७१ हजार ८७७ जना पुगेको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ३ करोड २७ लाख ८८ हजार ३४० जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरसबाट ९ लाख ९३ हजार ४१३ जनाको मृत्यु भएको छ ।

हालसम्ममा भारतमा ४८ लाख ४६ हजार १६८ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, अमेरिकामा ४४ लाख ८० हजार ७१९ जना, ब्राजिलमा ४० लाख ४० हजार ७१९ जना, रसियामा ९ लाख ३४ हजार १४६ र कम्बोडियामा ६ लाख ८७ हजार ४७७ जना उपचारपछि घर फर्किएका छन् ।
त्यस्तै अमेरिकामा संक्रमित हुनेको संख्या ७२ लाख ४४ हजार १८४ जना पुगेको छ । अमेरिकापछि भारतमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म भारतमा ५९ लाख १ हजार ५७१ जना, ब्राजिलमा ४६ लाख ९२ हजार ५७९ जना, रसियामा ११ लाख ३६ हजार ४८ जना र कम्बोडियामा ७ लाख ९८ हजार ३१७ जनामा संक्रमण देखिएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट अमेरिकामा २ लाख ८ हजार ४४० जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा १ लाख ४० हजार ७०९ जना, भारतमा ९३ हजार ४१० जना, मेक्सिकोमा ७५ हजार ८४४ र बेलायतमा ४१ हजार ९३६ जनाको मृत्यु भएको छ ।

त्यस्तै नेपालमा संक्रमितको संख्या ७० हजार ६ सय १४ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार आजसम्म घर फर्किनेको संख्या ५१ हजार ८ सय ६६ जना रहेको छ भने मृत्यु हुनेको संख्या ४ सय ५९ जना पुगेको छ ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्स प्ले अफमा पुग्ने पहिलो टिम बनेको छ

काठमाडौँ, १३ कार्तिक । आइपिएलमा बैंगलोरविरुद्ध मुम्बईले सहज जित निकालेको छ ।गएरातिको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पाँच विकेटले हराएको

एजेन्सी, १२ कार्तिक । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टोमेउले पदबाट राजीनामा दिएका छन् । क्लबमा उनको लामो समयदेखि आलोचना भहिरहेको

काठमाडौँ, १२ कार्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल पराजित भएको छ । दुबईमा मंगलबार राति भएको खेलमा हैदराबादले नेपाली