आज राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदै

काठमाडौँ, १० असोज । आज राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदैछ ।

सुरक्षित गर्भपतन सेवाप्रतिको हाम्रो प्रतिबद्धता, कोभिड १९ को महामारीमा पनि सेवाको सुनिश्चितता भन्ने नाराका साथ आज छैटौं राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाउन लागिएको हो ।

१८ वर्षअघि मुलुकी ऐनको ११ औं संशोधनमार्फत गर्भपतन गराउनुपर्ने आवश्यकता भएका महिलाले सेवा लिन सक्ने गरी कानुनी मान्यता प्राप्त भएको थियो । नेपालमा गर्भपतन सेवालाई कानुनी मान्यता दिएपछि १३ लाख भन्दा बढि महिलाले सेवा लिएको तथ्याङ्क छ ।

सरकारले सुरक्षित गर्भपतन अपराध नभइ महिलाको प्रजनन् अधिकार भएको बताएको छ । तर अहिलेपनि ५८ प्रतिशत महिलाले असुरक्षित सेवा लिइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाले जनाएको छ ।

नेपालमा १५ सय भन्दा धेरै स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सम्बन्धि सेवा उपलब्ध छ । महिलाले नचाहेको १२ हप्ता सम्मका र भ्रुणमा खराबी वा बाँच्न नसक्ने लगाएत वंशाणुगत रोग आउने सम्भावना भएमा, बलत्कार तथा हाडनाता करणीका १८ हप्ता सम्मका गर्भपतन गराउन पाउने सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ मा व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गायक महेन्द्र राई र गायिका दिपा तामाङको ‘जोडि मिल्छ च्याटै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको

काठमाडौँ, १६ चैत । यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा बबी देओल देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट

काठमाडौँ, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै