समानता र सामाजिक न्यायमा आधारित आर्थिक वृद्धिलाई प्रोत्साहन: प्रम ओली

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नीतिको लक्ष्य सबै किसिमको भेदभाव र अभावको अन्त्य गर्ने र समानता र सामाजिक न्यायमा आधारित आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने रहेको बताउनुभएको छ ।

संयुक्त राष्ट्र संघ ९यूएन०को ७५ औँ महासभा अन्तर्गतको एक उच्चस्तरीय कार्यक्रममा रेकर्डेड भिडियोमार्फत् प्रधानमन्त्री ओलीले दीगो विकास लक्ष्य २०३० का एजेन्डा प्राप्त गर्नका लागि एक दशक बाँकी रहेको उल्लेख गर्नुभयो । गरिबी न्यूनीकरण गरिएको प्रगति समग्र विकास प्रयासहरूको मूल्याकंन गर्ने प्राथमिकताहरू हुनुपर्ने पनि उहाँले बताउनुभयो ।

विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइसर (कोभिड–१९)को समयमा स्वास्थ्य र आर्थिक संकटकाबीच जनतालाई गरिबीमा नधकेल्नु मुख्य चुनौती रहेको उल्लेख गर्दै सम्बोधनका क्रममा उहाँले ‘कोही पनि भोको नहोस् र कोही पनि भोकले मर्न नपरोस्’ भन्नेमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । नेपाल टेलिकम आफ्नो सेवालाई विस्तार गर्ने क्रममा सोलुखुम्बुको ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालन गर्नुका

काठमाडौँ, ९ असोज । नेपाल टेलिकमले शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग समन्वय गरी सरकारी र सामुदायिक विद्यालयका शिक्षक र

काठमाडौँ, २९ असार । नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका

काठमाडौँ, २२ असार । नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिएको छ । ग्रामीण